अायुष्मान खुरानाकी श्रीमतीले इन्स्टाग्राममा लेख्ने अाँट गरिन् - मलार्इ स्तन क्यान्सर भएकाे छ

 असोज ७, २०७५ आइतबार १७:५९:५४ | उज्यालो सहकर्मी

बलिउडमा केही दिनअघि अभिनेत्री सोनाली बेन्द्रेले आफूलाई क्यान्सर भएको खबर सामाजिक सञ्जालमार्फत जानकारी दिएर सनसनी मच्चाएकी थिइन् । अहिले अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले इन्स्टाग्राममा एक पोष्ट गरेर सनसनी मच्चाएकी छिन् ।

आयुष्मानकी श्रीमतीले इन्स्टाग्राममा अाफूलाई लागेको रोगको बारेमा खुलासा गरेकी छिन् । उनले आफूलाई स्तन क्यान्सर भएको र अहिले ० अर्थात सुरुवाती चरण रहेको बताएकी छिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by tahirakashyap (@tahirakashyap) on

उनले यस रोगको बारेमा इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘यो तस्बिरले व्यक्तिहरुलाई हैरान बनाउन सक्छ । मेरो दाहिने स्तनमा उच्चस्तरको कोशिकामा हुने डीसीआईएस (डक्टल कार्सिनोमा सितु) देखिएको छ । बुझ्ने शब्दमा स्टेज ० को शुरुवाती चरणको क्यान्सर देखिएको छ । म एन्जेलिना जोलीकी आधा भारतीय संस्करण बनेकी छु । किनकी मेरो एउटा स्तनमा मात्रै क्यान्सर भएको छ ।’

उनले अगाडि लेखेकी छिन्, ‘म सबै उमेरका महिलाहरुलाई जागरुक हुन अनुरोध गर्छु । म ३५ वर्षकी भएँ । मैले २ मेमोग्राम गराइसकेकी छु । यदि तपाईँलाई  कुनै किसिमको लक्षण देखिएको छ भने तुरुन्तै जाँच गराउनुहोला ।’

महिलाहरुले स्तनलाई धेरै माया गर्छन् । मेरो मस्टेकटोमी गरिएपछि म आफैले आफूलाई पहिलेभन्दा अझ धेरै माया गर्न थालेकी छु ।’

मस्टेकटोमी अर्थात यस अन्तर्गत स्तनलाई पूर्णरुपमा निकालिन्छ । ताहिराले यस कुरालाई रमाइलो ढंगले लेखेकी छिन्, साथमा उनले महिलाहरुलाई यस विषयमा सचेत हुन समेत बताएकी छिन् ।  

अहिले ताहिरा अस्पतालबाट घर फर्किएकी छिन् । अभिनेता आयुष्मानले श्रीमतीको साहसको प्रशंशा गर्दै ट्वीटरमा लेखेका छन्,‘तपाईहरु सम्पूर्णलाई शुभकामनाका साथै सहयोगका लागि धन्यवाद ! बितेका ७ दिन निकै मुश्किल थिए । तर हामी दुबैले यसलाई चुनौतीको रुपमा लिने निर्णय गरेका थियौं । म मेरी योद्धा श्रीमती ताहिरामाथि गर्व गर्छु ।’

आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप चर्चित लेखक हुन् । यि दुवैले प्रेम विवाह गरेका थिए ।  
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया