इंग्लिस प्रिमियर लिग: चेल्सीको विजयी यात्रा राेकियाे, वेष्टह्यामसँग गोलरहित बराबरी

 असोज ७, २०७५ आइतबार २०:३७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा पूर्व च्याम्पियन चेल्सीले वेष्टह्यामसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

बराबरीपछि लिगको छैटौं चरणको खेलमा चेल्सीको विजयी यात्रा पूर्णविराम लागेको छ । चेल्सीले यसअघिका पाँचै खेलमा जित निकालेको थियो ।

वेष्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा उसका डिफेण्डरहरुको प्रदर्शन शानदार रह्यो । खेलको अधिकांश समय बल आफ्ना नियन्त्रणमा राखे पनि चेल्सीले गोल गर्न सकेन र एक अंकमै चित्त बुझाउनुपरेको थियो ।

वेष्टह्यामले लिगका यसअघिका दुई खेलमा घरेलु मैदानमा पराजय ब्यहोरेको थियो । तर, आफ्नो मैदानमा उसले बलियो प्रतिस्पर्धी चेल्सीलाई भने गोल गर्न दिएन । बराबरीपछि चेल्सीको ६ खेलबाट १६ अंक भएको छ भने लिगको तेस्रो स्थानमा यथावत छ । १७औं स्थानमा रहेको वेष्ट ह्यामको भने ४ अंक भएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया