ला लिगा : इडरको ह्याट्रिक, लेभान्टेमाथि सेभिल्लाको फराकिलो जित

 असोज ८, २०७५ सोमबार ६:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

विसम वेन इडरको ह्याट्रिकको मद्दतले स्पेनिस ला लिगामा सेभिल्लाले लेभान्टेमाथि ६–२ को फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु मैदानमा लेभान्टेमाथि जित निकाल्न विसम वेन इडरको ह्याट्रिक गर्दा डेनियल कारिको, आन्ड्रे शिल्भा र पाब्लो सर्बियाले एक गोल गरेका थिए । रोजर साल्भाडोर र मोसेस सिमोनले एक  एक गोल फर्काएका थिए ।

११औं मिनेटमा  विसन वेल इडरले गोल गर्दै सेभिल्लालाई शुरुआती अग्रता दिलाएका थिए । तर त्यसको १ मिनेट पछिनै लेभान्टेका लागि रोजर साल्भाडोरले बराबरी गोल गरेका थिए । २१ औं मिनेटमा डेनियल कारिकोले सेभिल्लाका लागि दोस्रो गोल गरेका थिए । ३५ औं मिनेटमा बेन इडरले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।उनैले ४४ औं मिनेटमा ह्याट्रिक पुरा गर्दा सेभिल्ला ४–१ को अवस्थामा पुगेको थियो । 

४९ औं मिनेटमा आन्ड्रे सिल्भाले गोल गरेपछि ५ –१ मा पुगेको सेभिल्लाका लागि छैटौं गोल पाब्लो सर्वियाले ५९ औं मिनेटमा गरेका थिए । तर ९० औं मिनेटमा लेभान्टेका लागि मोसेस सिमोनले एक गोल फर्काउँदा सेभिल्ला ६–२ गोल अन्तरले पराजित भयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया