उपराष्ट्रपति पुन चीनको ६ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै

 असोज ८, २०७५ सोमबार ८:५६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ ।

उहाँ एयर चाइनाको विमानबाट बिहान पौने १० बजे काठमाडौँ आइपुग्नुहुनेछ । उपराष्ट्रपतिले चीन भ्रमणका क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ सम्बद्ध राष्ट्रको आर्थिक विकासका लागि सहकार्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीलाई अपील गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया