चीनको ६ दिने औपचारिक भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फिर्ता

 असोज ८, २०७५ सोमबार १४:७:५ | उज्यालो सहकर्मी

काठमाडाैं - उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्कनु भएको छ । 

त्यस अवसरमा उपराष्ट्रपति पुनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

उहाँको स्वागतमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखहरु पनि विमानस्थल पुग्नु भएको थियो ।

उपराष्ट्रपति पुन चीनको सिचुवान प्रान्तको छेङ्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तराष्ट्रिय मेला’ मा सहभागी हुन चीन जानु भएको थियो ।

त्यस क्रममा उहाँले ‘वान बेल्ट, वान रोड’ सम्बन्धी कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । उपराष्ट्रपति पुनले चीन बसाईको क्रममा सिचुवानमा सञ्चालित विभिन्न विकास परियोजनाकाे अवलोकन भ्रमणसमेत गर्नुभएको थियो ।

उहाँले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्तका नेतृत्व र सरकारी अधिकारीहरुसँग पनि शिष्टाचार भेट गर्नु भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया