चैतमा झण्डै ७१ हजार जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृ...
बैशाख ७, २०८१ शुक्रबार
डोटी – शिखर नगरपालिका–१०, मा मोटरसाइकको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
शिखर नगरपालिकाका चक्रबहादुर बलायरका ७ वर्षीया छोरा बिपिन बलायरको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । केआईसिंह गाउँपालिका–४, वायलका २६ वर्षीय लक्ष्मणप्रसाद पाण्डेले चलाएको से १ प ३२४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका बिपिनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा ज्यान गएको परिवारले जनाएका छन् ।