सर्पले टोकेर दिदीभाइको ज्यान गयो

 असोज ८, २०७५ सोमबार १९:३०:३३ | भवानीप्रसाद पाण्डे

रुपन्देही –रुपन्देहीमा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । 

तिलोत्तमा नगरपालिका –६, गणेशपुरका ११ वर्षीय सुस्मिता सुवेदी र ६ वर्षीय गणेश सुवेदीको ज्यान गएको हो । सर्पले टोकेका दुवै दिदीभाइको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ ।  

गणेशको जन्मदिनको अवसरमा अस्ति बेलुका घरमा खीर खाएर दिदिभाइ एउटै खाटमा सुतेका थिए । राती उनीहरुले वान्ता गरेको भए पनि हिजो बिहान मात्रै दुवैलाई उपचारको लागि अस्पताल लगिएको थियो । 

उपचारको क्रममा दिदिको हिजो र भाइको आज ज्यान गएको अस्पतालले जनाएको छ । सुस्मिता मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालय कक्षा ४ र भाइ गणेश कक्षा १ मा अध्ययनरत थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया