एसिया कप : सुपर फोरको अन्तिम खेलमा भारत र अफगानिस्तान खेल्दै

 असोज ९, २०७५ मंगलबार ८:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटको सुपर फोरको आफ्नो अन्तिम खेलमा आज भारत र अफगानिस्तान खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे दुवईमा खेल हुने छ ।

भारत र अफगानिस्तान यसभन्दा अगाडी एक पटक मात्रै खेलेका छन् । एसिया कपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंका र बंगलादेशलाई पराजित गरेको अफगानिस्तान सुपर फोरको खेलमा भने जित हात पार्न सकेको छैन । सुपर फोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भए पछि अफगानिस्तानको फाइनलमा पुग्ने सम्भावना सकिएको छ । 

भारत यसअघिनै सुपर फोरका दुवै खेलमा विजयी हुँदै फाइनलमा पुगिसकेकाले आजको खेलको नतिजाले फाइनल समिकरणमा कुनै फेरबदल हुने छैन । भारतसँग भोलि हुने पाकिस्तान र बंगलादेशको विजेताले फाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

भारत र अफगानिस्तान यसअघि सन् २०१४ मा बंगलादेशको ढाकामा खेलेका थिए । जसमा भारत ८ विकेटले विजयी भएको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया