अजयले काजोलको मोबाइल नम्बर ट्वीट गरिदिएपछि ...

 असोज ९, २०७५ मंगलबार ११:८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता अजय देवगनले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर ट्वीटर ह्याण्डल माार्फत सेयर गरिदिएका छन । उनले काजोलको नम्बर सार्वजनिक गर्ने बित्तिकै उक्त नम्बर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अजयको ट्वीटर अकाउन्टबाट काजोलको नम्बर अप्रत्यासित रुपमा सेयर गरेपछि सबैले उनको ट्वीटर अकाउन्ट ह्याक भएको अनुमान गरिरहेका थिए । 

अजयले लेखेका छन् ‘काजोल यतिबेला देश बाहिर छिन्, कृपया उनलाई ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुहोला ।’ 

अजयले काजोलको मोबाइल नम्बर शेयर गरे लगत्तै कतिपयले यस नम्बरमा फोन र म्यासेज गर्न सुरु गरिसकेका थिए भने कतिले अजयले यस्तो गर्न नहुने भन्दै अजयलाई नै ट्रोल गर्न सुरु गरेका थिए । 

अजयले ट्वीट अहिलेसम्म पनि पनि डिलिट गरेका छैनन् । तर उनले काजोलको नम्बर किन सार्वजनिक गरे भन्ने बारेमा स्पष्टिकरण दिएका छन् । उनले ट्वीट गर्दै त्यो केवल एक मजाक मात्रै रहेको बताएका छन् । उनले भने सेटमा हाँसो मजाक गर्ने क्रममा गरिएको एक प्र्याङ्क थियो ।
 
अजयले यस्तो गर्नुको पछाडि काजोलको आउदै गरेको फिल्म ‘हेलिकप्टर ईला’ को प्रमोशनसँग पनि जोडेर हेरिएको छ । फिल्म ‘हेलिकप्टर ईला’ मा काजोल प्रमुख भूमिकामा छिन भने उनीसँगै रिद्धि सेनको पनि मुख्य भूमिका रहेको छ । यो फिल्म एक आमा र छोराको कहानीमा आधारित रहेको छ । प्रदीप सरकारको निर्देशन तथा अजय देवगनको निर्मामा बनेको यो फिल्म २०१८ को अक्टोबर १२ मा रिलिज हुनेछ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया