अफगानिस्तानसँग बराबरीमा राेकियाे भारत

 असोज १०, २०७५ बुधबार ७:३३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा भारत र अफगानिस्तान बराबरमा रोकिएका छन् । पहिला ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई २५३ रनको लक्ष्य दिएको थियाे ।

अफगानिस्तानका मोहम्मद शहजादले १२४ तथा मोहम्मद नबीको ६४ रनको मद्दतले अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । तर भारत ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५२ रनमै रोकिएपछि खेल बराबरीमा सकिएको हो ।

भातरले अन्तिम ओभरमा जित्नका लागि ७ रनको आवश्यकता रहेको थियो भने उसँग जम्मा १ विकेट सुरक्षित थियो । तर अन्तिम ओभरमा बलिङ गर्न आएका राशिद खानले ६रन दिएर रबिन्द्र जडेजाको विकेट लिएपछि  भारत २५२ रनमै रोकियो । ७ रन चाहिएका बेला जडेजाले दोस्रो बलमा चौका प्रहार गर्दै भारतलाई जित नजिक लगेका थिए ।

तेस्रो बलमा एक रन लिँएपछि खालील अहमदले चौथो बलमा एक रन लिएका थिए । अन्तिम दुई बलमा १ रन बनाउँन भारत असफल भयो । भारतका जडेजा पाँचौ बलमा क्याच आउट भएपछि खेल बराबरीमा टुंग्याउँदै अफगानिस्तानले एसिया कपलाई सम्झन लायक बनाएको हो । 

भारत यसअघि नै फाइनल पुगि सकेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । अब शुक्रबार भारतले उपाधिका लागि बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतस्पर्धा गर्ने छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया