राष्ट्रकवि घिमिरेलाई नागरिक अभिनन्दन

 असोज १३, २०७५ शनिबार १९:५४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रकवि माधव घिमिरेलाई नागरिक अभिनन्दन गरेको छ ।

काठमाडौं महानगरपालिकाले शनिबार राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी राष्ट्रकविलाई अभिनन्दन गरेको हो । महानगरबासीको तर्फबाट काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्नुभएको हो ।

उहाँको सम्मानमा महानगरले अभिनन्दन पत्रसहित पशुपतिनाथ मन्दिरको स्वरुपको मूर्ति लगायत उपहार प्रदान गरेको थियो । अभिनन्दन अघि उहाँलाई निवासदेखि राष्ट्रिय सभागृहस्थलसम्म लावा लस्कर, बाजा गाजा र झाँकीसहित घोडा बग्गीमा राखेर रथा रोहणसहित नगर परिक्रमा गराइएको थियो ।

रथारोहणका क्रममा घिमिरेको निवासदेखि सभागृहसम्म महानायक राजेश हमालले साथमै बसेर राष्ट्रकवि घिमिरेलाई छाता ओढाउनुभएको थियो ।

यसअघि उहाँको केही दिन अघि सयौं जन्मदिवस मनाइएको थियो । राष्ट्रिय उत्सवको रुपमा मनाइएको जन्मोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले निवासमै पुगेर शुभकामना दिनुभएको थियो । २०६० सालमा घिमिरेलाई सरकारले राष्ट्रकविको उपाधि दिएको थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया