साहित्यकार प्रकाश सायमीलाई पितृशोक

 असोज १४, २०७५ आइतबार १०:४२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – साहित्यकार एवं चलचित्रकर्मी प्रकाश सायमीलाई पितृशोक परेको छ । उहाँको पिता रत्नदासको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

मधुमेहको बिरामी उहाँलाई केही दिनदेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

उहाँको आजै शोभाभगवतीमा अन्त्येष्टि गरिंदैछ ।

पितृशोकमा पर्नुभएका प्रकाश सायमी उज्यालोबाट प्रसारण हुने कार्यक्रम अजर अमर गीतका सञ्चालक हुनुहुन्छ । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

1 Comments

  • Aarju bista salyani

    Oct. 1, 2018, 4:41 p.m.

    बुबामा हार्दिक श्रद्धाञ्जली । शाेक सन्तप्प परिवारमा धैर्यधारण गर्ने शक्ति मिलाेस् । यहि प्रार्थना छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया