यू १९ एसिया कप क्रिकेट :  नेपाल १ सय ३१ रनमै अलआउट

 असोज १५, २०७५ सोमबार ११:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

१९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेलमा नेपाल १ सय ३१ रनमै अलआउट भएको छ ।

बंगलादेशको ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३८ ओभर २ बलमा १ सय ३१ रनमा अलआउट भएको हो । नेपालका लागि रोहितकुमार पौडेलले ४६, रसिद खानले ३०, आशिफ शेखले २० र रित गौतमले १० रन बनाए । 

अफगानिस्तानका लागि आजमतुल्लाह उमारजाइले ४ विकेट लिए । १ सय ३२ रनको विजयी लक्ष्यसहित अफगानिस्तानले केहिबेरमा ब्याटिङ थाल्दैछ । शनिबार भएको आफ्नो पहिलो खेलमा भारतसँग १ सय ७१ रनले पराजित भएको नेपाललाई आजको खेल जित्नुपर्ने दवाब रहेको छ ।

समूह ए मा २ खेल जित्दै ४ अंकका साथ भारत शीर्ष स्थानमा छ, भने पहिलो खेल जितेको अफगानिस्तान २ अंकसहित दोस्रो स्थानमा छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया