ठुलीआमालाई करणी गरेको आरोपमा छोरा पक्राउ

 असोज १६, २०७५ मंगलबार ८:३९:१० | देव पचभैया
unn.prixa.net

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले करणी गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका एक युवकलाई पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरी डर त्रासमा पारी नातेदार आमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले आफ्नै छिमेकी ठुलीआमा पर्नेलाई करणी गरेको भनिएकाले पक्राउ गरिएको जानकारी दिनुभयो । 

आरोपित ब्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन । 


 

अन्तिम अपडेट: बैशाख १, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया