खाटबाट लडेर एक युवाको ज्यान गयो

 असोज १६, २०७५ मंगलबार १६:२३:५४ | प्रकाश धौलाकोटी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

तेह्रथुम – खाटबाट लडेर तेह्रथुममा एक युवाको मृत्यु भएको छ ।

सुतिरहेको खाटबाट लडेर लालीगुराँस नगरपालिका–८, सोल्माका ३३ वर्षे दिलिप लिम्बूको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
श्रीमतीले छाडेपछि एक्लै बस्दै आएका लिम्बू गाउँघरमा धामी झाँक्रीको काम समेत गर्थे । भूइँमा लडिरहेको अवस्थामा छिमेकीले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

लिम्बूको शव मंगलबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारले बुझेका जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । गाउँलेका अनुसार लिम्बूलाई उच्च रक्तचापको समेत समस्या रहेको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया