श्रद्धा कपूरलाई डेङ्गी राेगले सतायाे, फिल्मका काम प्रभावित

 असोज १८, २०७५ बिहिबार १६:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री श्रद्धा कपूर यतिबेला भारतकी ब्याडमिन्टन स्टार साइना नेहवालको बायोपिकमा मुख्य भूमिका निर्वाह गर्दैछिन् । 

यस फिल्ममा रहेकाे उनको फष्र्ट लूक पनि सार्वजनिक भएको थियो । तर अहिले यस फिल्मको छायाँकनको काम रोकिएको छ । 

फिल्मको काम बीचैमा रोकिनुको कारण हो श्रद्धा कपूरको स्वास्थ्य । उनलाई डेङ्गी भएको छ ।

यसै कारण उनी अहिले यस फिल्मको काम गर्न सक्ने अवस्थामा छैनन् । 
केही दिनदेखि स्वास्थ्यस्थिति ठीक नभएपछि जाँच गराउँदा श्रद्धालाई डेङ्गी लागेको थाहा भएको छ । श्रद्धा सेप्टेम्बर २७ देखि साइना नेहवालको वायोपिकको सेटमा गएकी छैनन् । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया