तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ

 असोज १९, २०७५ शुक्रबार ८:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । ज्ञवालीलाई कन्चनपुरको महेन्द्रनगरमा लुकेर बसेको अवस्थामा आज बिहान पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरज प्रताप सिंहले ज्ञवालीलाई आज बिहान कन्चनपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो । ज्ञवालीलाई अब साढे ४ करोड रुपैयाँ जरिवाना र ४ वर्ष कैद हुने उहाँले बताउनुभयो । 

ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले २०७३ जेठमा पूर्व  बैंकर कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई जेल र जरिवानाको सजाय सुनाएको छ ।

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रीय अनुसन्धान व्यूरोले मुद्दा दायर गरेको थियो । सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली फरार थिए । 

अन्तिम अपडेट: चैत १, २०८०

1 Comments

  • केदार पोखरेल

    Oct. 5, 2018, 8:34 a.m.

    सर्बोच्चलाई अर्को दशैं थपियो!

  •  0 Reply

तपाईको प्रतिक्रिया