जीप दुर्घटना : तीनजनाको मृत्यु, दुईजनाको अवस्था चिन्ताजनक (अपडेट)

 जेठ २४, २०७५ बिहिबार ९:३:२५ | डीबी बिष्ट
unn.prixa.net


बझाङ – बुधबार भएको जीप दुर्घटनामा थप एकको ज्यान गएको छ । जीपका चालक केदार स्युँ गाँउपालिका १ का ३५ वर्षीया लालबहादुर भण्डारीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसअघि दुर्घटनामा छविसपाथीेभरा गााउँपालिका–४ डाँडाँगाँउका ४५ वर्षीय विरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ बर्षिया जलादेवी सिंह को घटना स्थलमै ज्यान गएको थियो । 

चालक भण्डारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । यस्तै दुर्घटनामा घाइते भएका अन्य दुईजनाको अवस्था चिन्ताजनक छ । छविसपाथिभरा गाँउपालिका वडा नं ५ का ४५ वर्षीय सोभान धामी र वडा नं ३ का ३१ बर्षिय गणेश नेपालीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज कोहलपुर अस्पातलमा पठाइएको छ । 

यस्तै दुर्घटनामा मृतक विरेन्द्र सिंहका २ वर्षीय छोरा भुपेन्द्र सिंह, छविसपाथीभेरा वडा नं ३ की २७ वर्षीय पशुपति नेपाली र गणेश नेपालीकी ७ महिनाकी छोेरी मुस्कान नेपाली घाइते भएका छन् । 

बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जीप छविस पाथीभेरा गाँउपालिका वडा नं ४ को भेटाखानमा दुर्घटना भएको थियोे । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया