जथाभावी रक्सी नपिउन र सावधानी अपनाउन मलेसियाको आग्रह

 असोज २०, २०७५ शनिबार ११:२२:४८ | उज्यालो सहकर्मी

काठमाडौं – तपाईं कामको सिलसिलामा मलेसियामा हुनुहुन्छ ? चाडपर्व नजिकिंदै गर्दा उतै रमाइलो गर्ने योजना पनि बनाउँदै हुनुहोला । रमाइलोमा रक्सी पिउने बानी छ भने सावधानी अपनाउनुहोला । किनकी रक्सीले ज्यानै पनि लिन सक्छ । 

केही दिनअघि मात्रै विषाक्त रक्सी पिउँदा मलेसियामा १० जना नेपालीको ज्यान गयो । नक्कली रक्सीमा मेथानोल हुन सक्ने र यस्तो रक्सी पिउँदा ज्यानै जान सक्ने भएकाले सावधानी अपनाउन मलेसियाको स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ । 

मलेसियामा रहेको नेपाली दूतावासले पनि जथाभावी रक्सी नपिउन र सावधानी अपनाउन यसअघि नै अनुरोध गरिसकेको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयलले इन्फोग्राफसहित तयार पारेको जनचतेनामुलक सामग्रीलाई दूतावासले नेपाली भाषामा अनुवाद गरेर प्रचार गरेको छ ।

के हो मेथानोल ?

मेथानोल एक रसायनिक यौगिक र अखाद्य पदार्थ हो । यसलाई मेथिल अल्कोहल भनिन्छ । यो सवारीसाधन, प्लास्टिक सेन्थेटिक तथा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसको रंग हुँदैन । सामान्यतया रक्सी लगायतका पेय पदार्थमा यसको प्रयोग गरिन्छ । 

रक्सी पिउँदा यी लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ

रक्सी पिएपछि सास फेर्न गाह्रो भएमा, पेट दुखेमा, आँखा धमिलो देखेमा, रिंगटा लाग्ने वा बान्ता हुने भएमा तुरुन्त अस्पताल जान मलेसियाली स्वास्थ्य मन्त्रालले आग्रह गरेको छ ।

यस्तै पखाला लाग्ने, एकदमै रिंगटा लाग्ने वा अत्याधिक टाउको दुख्ने, खुट्टा बाउँडिने, मुर्छा पर्ने, अचेत हुने, बेहोस हुने जस्ता लक्षण देखिएमा अस्पताल गइहाल्नु पर्छ । 

रक्सी किन्दा यी उपाय अपनाउनुपर्छ 

मेथानोलयुक्त पदार्थ खाएमा पेट दुख्ने, सास फेर्न गाह्रो हुने, आँखा धमिलो हुने, रिंगटा लाग्ने वा बान्ता हुने, पखाला लाग्ने, एकदमै रिंगटा लाग्ने वा अत्याधिक टाउको दुख्ने, खुट्टा बाउँडिने, मुर्छा पर्ने, अचेत हुने, बेहोस हुने र मानिसको मृत्यु पनि हुन सक्छ । 

त्यसैले रक्सी किन्दा खाद्य पदार्थ तथा पेय पदार्थको किन्दा उत्पादक आयातकर्ता, वितरक तथा प्रयोग गरिएका तत्वहरुको बारेमा राम्रोसँग बुझ्नुपर्छ ।

लाइसेन्स नभएका, सस्ता तथा सेलमा राखिएका र एकदमै सस्तो रक्सी पिउनुहुन्न । घरमै बनाएको घरेलु रक्सी पनि पिउनुहुन्न । यसबारे ख्याल गर्न मलेसियाली स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

मेथानोलको दूरुपयोग र कानून

मलेसियाको खाद्य ऐन १०८३ को दफा १३ अनुसार जुनसुकै व्यक्ति जसले विषालु, हानिकारक तथा स्वास्थ्यमा असर पार्ने खाद्यय पदार्थ तयार पार्दछ वा बेच्दछ भने त्यस्ता व्यक्ति कानुनअनुसार सजायको भागेदार हुनेछ । त्यस्ता व्यक्तिलाई एकलाख रिंगिट र १० वर्ष जेल वा दुवै सजाय हुन सक्छ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया