कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
मलेसियाको बायुमास ओभलमा भइरहेकाे टी-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले साताैं विकेट गुमाएकाे छ ।
ज्ञानेन्द्र मल्ल १८ अाैं अाेभरकाे दाेस्राे बलमा साताै विकेटका रुपमा अाउट भएका हुन् ।
यसअघि छैठाैं विकेटका रुपमा कप्तान पारस खड्का १७ अाैं अाेभरकाे दाेस्राे बलमा अाउट भएका भए ।
यतिबेला नेपालले १९ अाेभरकाे समाप्तिमा नेपाल अहिले १४८ रन बनाएर खेलिरहेकाे छ ।
टी-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेकाे हाे ।
नेपालले म्यानमार र मलेसियामाथि ८–८ विकेटकाे जित निकालेकाे थियाे ।
लगातार दुर्इ खेलमा विजयी भएपनि नेपाल अंक तालिकाकाे तेस्राे स्थानमा छ । पहिलाे स्थानमा रहेकाे थाइल्याण्डले ३ खेल मध्य २ मा जित र एउटा खेल पानी परेपछि ड्र भएकाे थियाे । दाेस्राे स्थानमा सिंगापुर रहेकाे छ । नेपाल र सिंगापुरकाे समान ४ अंक भए पनि रनरेटका अाधारमा नेपाल तेस्राे स्थानमा रहेकाे हाे ।
थाइल्यान्डमाथि पनि जित हात पार्दै नेपाल शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । थाइल्यान्डले अहिलेसम्म नेपाललाई पराजित गर्न सकेको छैन । छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।
यो समूहबाट शीर्ष ३ राष्ट्र टी-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछ । फाइनल चरणको विजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउने छन् ।