शीर्ष स्थानमा उक्लिन प्रतिस्पर्धा, गोलरहित नतिजा, अंक बाँडियो

 असोज २२, २०७५ सोमबार ७:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिने प्रतिस्पर्धामा रहेका म्यानचेष्टर सिटी र लिभरपूलले गोलरहित बराबरीको नतिजा निकाल्दै अंक बाँडेका छन् ।

आइतबार राति लिभरपूलको मैदान एन्फिल्डमा भएको खेलमा दुवै टिमले गोल गर्न नसक्दा अंक बाँड्नु पर्‍यो । बराबरीसँगै लिभरपूल र म्यान्चेष्टर सिटीले समान २०–२० अंक बनाएका छन् । तर गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा छ भने लिभरपूल तेस्रो स्थानमा छ ।

चेल्सीले पनि सिजनको अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानको टोलीसँग अंक बराबरी गरेको छ । साउथह्याम्टनको मैदानमा भएको खेलमा चेल्सीले घरेलु टिमलाई ३–० ले हरायो । चेल्सीको जितमा इडिन हाजार्ड, रोस बार्कले र अल्भारो मोराटाले गोल गरेका थिए ।

३०औं मिनेटमा बार्कलेको पासमा हाडार्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा ओलिभर जिरुडको पासमा बार्कले आफैंले गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयमा हाजार्डको पासमा मोराटाले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए ।

चेल्सीले पनि तालिकामा २० अंक बनाए पनि गोल अन्तरका आधारमा म्यान्चेष्टर सिटी भन्दा पछि पर्दै दोस्रो स्थानमा छ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया