भारतीय चर्चित गायक कैलाश खेरमाथि महिला पत्रकारले लगाए यौन शोषणको आरोप

 असोज २२, २०७५ सोमबार ११:७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरलाई यौन शोषणको आरोप लगाए पश्चात बलिउडमा मी टू क्याम्पेन सुरु भएको छ । एक पछि अर्को गर्दै अहिले कयौं व्यक्तिहरुको नाम सार्वजनिक भइरहेको छ । अहिले गायक कैलाश खेरमाथि पनि यौन शोषण गरेको आरोप लागेको छ । 

फोटो पत्रकार नताशा हेमरजानीले ट्वीटर मार्फत गायक कैलाशले  आफूमाथि यौन शोषण गरेको कुरा सार्वजनिक गरेकी छिन् । नताशाले लेखेकी छिन ‘मेरो मी टू क्याम्पेन गायक कैलाश खेर र मोडल जुल्फी सैयदका विरुद्ध छ । यो सन् २००६ को कुरा हो जब म मुम्बईको हिन्दुस्तान टाइम्समा फोटो पत्रकारका रुपमा काम गरिरहेकी थिएँ ।’ 

नताशाले अर्को ट्वीट गदै लेखेकी छिन् ‘ त्यस बेला म र एक अर्की महिला पत्रकारलाई कैलाश खेरको अन्तरवार्ता र फोटोका लागि उनको घरमा पठाइएको थियो । अन्तरवार्ताका क्रममा कैलाश हामी दुईजनाको एकदमै नजिक आएर बसे । कैलाशले पटक–पटक हाम्रो स्कर्ट भित्र हात राख्ने कोशिश गरिरहेका थिए ।’ 

 
उनले अगाडि लेखेकी छिन् ‘हामी हतार–हतार अन्तरवार्ता सकेर त्यहाँबाट निस्कियौं । मैले मेरी सहकर्मीसँग कैलाशले हामी दुईसँग गरेको यौन दुर्व्यवहारका बारेमा लेख्नु पर्छ भनेँ । तर मेरी सहकर्मीले अस्वीकार गर्दै भनिन् ‘यो खबर पत्रिकाले छाप्ने छैन । हामी दुवैले भने पनि उनीहरु मान्ने छैनन् । मेरा कयौं साथी र सहकर्मीलाई कैलाशको यस किसिमको व्यवहार बारे थाहा थियो ।'

नताशाले मात्रै नभई एक विदेशी पत्रकारले पनि भारतीय पत्रकार तथा लेखक सन्ध्या मेननलाई म्यासेज गर्दै कैलाशद्वारा यौन दुव्र्यवहारको शिकार भएको खुलाशा गरेकी छिन् ।

उनले म्यासेजमा लेखेकी छिन् ‘कैलाश खेर मस्कटको एक बुटिकमा पुगेका थिए । त्यहाँ केही महिलाहरु, फोटोग्राफर, मेरा सहकर्मी, म र मेरो बोस पनि हुनुहुन्थ्यो । म कैलाश खेर नजिक बसेकी थिएँ । कैलाश कुराकानीको क्रममा पटक पटक कुनै न कुनै बहानामा मलाई छोइरहेका थिए । जसले गर्दा म निकै असहज महसुस गरिरहेकी थिएँ ।

यस बारेमा मैले मेरो बोसलाई भन्दा उनले मेरो कुरालाई हाँसेर टार्दै कैलाश खेरका साथ ग्रुप फोटो खिच्न बोलाए । कैलाश त्यबेलामा पनि मलाई आफू नजिकै उभिन भनेका थिए तर मैले उनको कुरा अस्वीकार गरिदिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया