भारतीयद्वारा एक युवकमाथि हत्याको प्रयास, एक जना पक्राउ

 असोज २३, २०७५ मंगलबार ७:२१:१३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवको छोरा जयइन्द्र यादव माथि सोमबार राति दुईजना भारतीयले हत्याको प्रयास गरेका छन् ।

यादवको हत्या गर्न आएका भारतीय नागरिकले घाँटि च्यापी मार्ने प्रयास गरेका थिए । घाइते यादवले आत्मरक्षाको प्रयास गर्दा यादवलाई शरिरका विभिन्न भाग, टाउको र छातिलगायतका ठाउँमा रडले प्रहार गरिएको प्रहरीले जनाएको छ । 

घाइते यादवलाई अचेत अवस्थामा गाडीमा राखेर लैजाने क्रममा स्थानीयले भेट्टाएका थिए । घाइते यादवलाई राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

कुटपीट गरी हत्या प्रयास गर्ने भारतीय नागरिक दुई जना मध्ये एक जना पक्राउ परेका छन् । एकजना भने फरार भएका छन् । फरार रहेकाको खोजी भैरहेको प्रहरीले जनाएको छ । यादवको किन हत्या प्रयास गरियो भन्नेबारे केही खुलेको छैन । 

अन्तिम अपडेट: चैत ८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया