टी-२० विश्वकप छनोटमा नेपाल र भुटानकाे खेल अाज, अपराजित यात्रा कायमै राख्ने नेपालकाे लक्ष्य

 असोज २३, २०७५ मंगलबार ७:५३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियामा भैरहेको विश्वकप टी-२० छनोट क्रिकेटमा मंगलबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको यूकेएम ओभल मैदानमा हुने खेलमा नेपाल अाफ्नाे अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा नेपाल अपराजित टिम रहेको छ । नेपालले यसअघिका तीनै खेलमा भारी अन्तरको जित निकालेको छ ।

पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराउँदा दोस्रो खेलमा मलेसियालाई पनि ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनले पाखा लगाएको थियो । 

यता भुटानले तीन खेलमा दुई हार र एक जित निकालेको छ । उसले एकमात्र जित चीन विरुद्ध निकालेको थियो ।

टी–२० मा नेपाल र भुटान पहिलो पटक खेल्दैछन् । यसअघि ५० ओभरको खेलमा नेपाल र भुटान इमर्जिङ कपमा खेलका थिए । यो प्रतियोगिताको उपाधि दावेदार मानिएको नेपालले भुटान विरुद्ध पनि सहज जित निकाल्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया