बझाङमा जीप दुर्घटना : २ जनाको मृत्यु, १२ जना घाइते

 असोज २३, २०७५ मंगलबार ११:५९:२० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बागथलाबाट विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । 

बुंगल नगरपालिकाको वडा नम्बर ५ मिणिबगरमा जीप दुर्घटना हुँदा कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीय  विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीया धनबहादुर बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै जीप दुर्घटनामा परि १२ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका बस्ने ३० वर्षीया मुडु बोहरा, ३५ वर्षीय प्रेम बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीया माया बोहरा, ४३ बर्षीया लालमती बोहरा, चन्द्रसिंह बोहरा र विरेन्द्र बोहरा रहेका छन् । यसैगरी बुंगल नगरपालिका ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुंगल नगरपालिका ८ का धिरेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जीप दुर्घटनामा परि चालक केदार स्युँ गाउँपालिका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती पनि घाइते भएका छन् । घाइतेहरुको उपचार नजिकैको देउरा स्वास्थ्य चौकीमा भैरहेको छ । बुंगलनगरपालिकामा पूजाआजा गर्नका लागि उनीहरु मन्दिरतर्फ जाने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया