हुम्लाको हिल्सामा अध्यागमन कार्यालय स्थापना

 असोज २३, २०७५ मंगलबार १६:१६:४७ | रमेश ऐडी
unn.prixa.net

हुम्ला – हुम्ला जिल्लाको उत्तरी सिमाना हिल्सामा पहिलो पटक अध्यागमन कार्यालयको स्थापना भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार तिब्बतसँग जोडिएको कार्यालयको विधिवत रुपमा सिमाना हिल्सामा उद्घाटन गर्नुभएको हो । नेपाली सेनाको एमआई १७ हेलिकप्टर मार्फत काठमाडौदेखि सुर्खेत हुँदै हुम्ला पुगेका गृहमन्त्रीले अध्यागमन कार्यालयको स्थापनसँगै सिमानामा हुने सबै काम अब सिमाना हिल्साबाट हुने जनाउनुभएको छ ।

अध्यागमन कार्यालय नहुँदा पर्यटक आगमन भिसाको प्रवेश अनुमति जिल्ला सदरमुकाम सिमकोटबाटै हुँदै आएको थियो भने पशु, बस्तु, व्यापार  सामागी्र जस्ता आयात–निर्यातमा  प्रहरीले  पहिलेदेखि नै हेर्दै आएको थियो ।

गृहमन्त्री थापासँगै प्रहरी प्रमुख सर्वेन्द्र खनाल, संघिय मन्त्रलयका सचिव विभागका महानिर्देशक कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल समेत गरी एक उच्च स्तरीय टोली सिमाना हिल्सामा पुगेको थियो ।

अध्यागमन कार्यलयको स्थापनाले हिल्सा नाका खुला नाकाको रुपमा सञ्चालनमा आउने गृहमन्त्री थापाले बताउनुभयो । ‘प्रहरीले हेर्दै आएको अध्यागमन कार्य अब कर्मचारीले हेर्ने भएका छन्’, प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले भन्नुभयो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया