विदेशकाे कमाइले पक्की घर बनाएर के गर्नु, छाेराले अामा भन्दैन

 असोज २४, २०७५ बुधबार १६:४२:१९ | मोहन पौडेल

‘अब हामीलाई आमाको खाँचो छैन’ हिमालाई उहाँकै छोराले भनेको वाक्य हो यो । आफ्नो एक मात्रै छोराको यो बचन हिमाका लागि तीरले हानेको भन्दा धेरै भयो ।

जसको भविष्यका लागि हिमाले घरमा मात्रै होइन विदेशसम्म पुगेर दुःख गर्नुभयो, त्यही छोराले कहिल्यै बिर्सिन नसक्ने शब्दले मन रुवाए । हुरी बतास छेक्न सक्ने घरको सपनाले हिमालाई मलेसिया पुर‍याएको थियो । पाँच वर्ष बसेर २०७० सालमा घर फर्किंदा सपना पूरा त भए । तर मन अझै हाँस्न सकेको छैन ।

अन्तिम अपडेट: असोज ३१, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया