यस्तो देखियो ‘रणवीर’को फर्स्टलुक

 असोज २४, २०७५ बुधबार १८:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली चलचित्र ‘रणवीर’को फर्स्टलुक सार्वजनिक गरिएको छ ।

चलचित्रको फस्र्टलुकमा चलचित्रका मुख्य कलाकार प्रशान्त ताम्राकार र सुशिल सिटौलालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । निर्माण टिमले मोसन पोष्टर नै फस्र्टलुक सार्वजनिक गरेको हो ।

मोसन पोष्टरमा चलचित्रका मुख्य २ कलाकारको एक्सन अवतारलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ ।

चलचित्रमा गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद रहेको छ भने चलचित्रको निर्देशनसमेत भण्डारी आफैंले गरेका छन् ।

चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ भने गम्भीर बिष्ट र सुरेन्द्र बसेलले संयुक्त रुपमा कोरियोग्राफी गरेका छन् ।
चलचित्रको निर्माण गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा गरेका हुन् । 

चलचित्रमा सुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिने छ । 
चलचित्र माघ १८ गतेबाट नेपालभर प्रदर्शनमा आउने बताइएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया