छक्कापञ्जा टिमसँग सम्बन्ध बिग्रिएको छैन: दीपिका प्रसाईँ

 असोज २५, २०७५ बिहिबार १४:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - आमा सरस्वती मुभिजको ब्यानरमा बनेको सिनेमा छक्का पञ्जा ३ आज देखि प्रदर्शनमा आएको छ ।

सिनेमाको सुरुवाती कारोबार नै आक्रामक भएको छ । बुधबार देशभरका सबै हलमा ९० प्रतिशत अकुपेन्सी भएको निर्माण पक्षले जनाएको छ । 

यस पटक सिनेमाले उठाएको विषयवस्तु दर्शकले अत्यधिक रुचाएका छन् । पहिलेको तुलनामा छक्का पञ्जाले कम हँसाएको भए पनि सिनेमाले उठाएको विषयवस्तु राम्रो भएको धेरैको प्रतिक्रिया छ । 

यो टिमसँग पहिलो पटक जोडिएकी र सिनेमामा मुख्य भूमिकामा प्रस्तुत भएकी अभिनेत्री दीपिका प्रसाईँको कामको पनि चौतर्फी तारिफ भइरहेको छ । दीपिकाको यो दोस्रो सिनेमा हो । दोस्रो सिनेमापछि दीपिकाको करिअर फस्टाउनेमा दुईमत छैन । 

हालै मात्र उनी नवल नेपालको  आगामी सिनेमाका लागि पक्का भैसकेकी छिन् । त्यस्तै अन्य केही सिनेमाको लागि पनि कुरा भैरहेको जानकारी पाइएकाे ।

दीपिका छक्का पञ्जा ३ को प्रचारमा कम हिँडिन् । यही कारण पनि कतिपयले उनको र निर्माण पक्षको सम्बन्ध चिसिएको अनुमान लगाए । तर दीपिकाले भने यसबारेमा कुरा गर्दै  आफ्नो र निर्माण पक्षको सम्बन्ध राम्रो भएको बताएकी छिन् । उनले सार्वजनिक भएका यी सबै खबरहरु गलत भएको उल्लेख गरेकी छिन् ।

दीपिकाले आफूलाई क्राइम पट्रोलको लत लागेको बताइन् । उनले दिनमा एउटा क्राइम पट्रोलको एपिसोड नहेरेसम्म निन्द्रा नलाग्ने पनि खुलाइन् । क्राइम पट्रोल भारतीय च्यानल सोनी इन्टरटेनमेन्टबाट प्रसारण हुने शो हो जसमा देशमा भएका विभिन्न अपराधहरुलाई देखाइन्छ ।

उनले छक्का पञ्जा ३ को छायांकन गाउँमा गर्ने क्रममा क्राईम पट्रोलका केही एपिसोड छुटेको र पछि होटेल वा घरमा आएपछि हेरेको पनि बताइन् ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया