आत्महत्या रोक्न पहिलोपटक मन्त्री नियुक्त

 असोज २५, २०७५ बिहिबार १६:३९:२५ | एजेन्सी
unn.prixa.net

बेलायतमा आत्महत्याका घटनालाई कम गर्नका लागि पहिलो पटक एक जना मन्त्री नियुक्त भएका छन् । बुधबार बेलायती सरकारले विश्व मानसिक स्वास्थ्य दिवसका अवसरका मन्त्री नियुक्तिको घोषणा गरेको हो । 

समाचार एजेन्सीहरुका अनुसार बेलायतकी प्रधानमन्त्री टरिजा मे आफैले आत्महत्या घटाउन मन्त्रीको नियुक्ति गरिएको जानकारी दिएकी छिन्, ‘मैले यो जिम्मेवारी स्वास्थ्य मन्त्री ज्याकी डोयल प्राइसलाई अतिरिक्त्र प्रभारको रुपमा दिएको छु । मलाई आशा छ कि यसबाछ आत्महत्याका घटना रोक्न सहयोग पुग्नेछ ।’

टरिजा भन्छिन्, ‘हामी त्यस्तो धब्बा मेट्न चाहन्छौँ जसका कारण कैयौँ मानिस चुप बसेर पीडा सहन बाध्य छन् । हामी आत्महत्याजस्तो त्रासदी रोक्न सक्छौँ । हामी हाम्रा छोराछोरीलाई मानसिक रुपमा सबल बनाउन सक्छौँ ।’

बेलायतमा आत्महत्याका घटना बढ्दै गएपछि सरकारले यो कदम चालेको हो । बेलायतमा हरेक वर्ष झण्डै ४५ हजार मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको छ । बेलायतमा ४५ वर्षभन्दा मुनिका पुरुषको मृत्युको प्रमुख कारणमध्ये आत्महत्या पनि एक हो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया