बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि चप्पल प्रहार

 असोज २५, २०७५ बिहिबार १७:१४:८ | एजेन्सी
unn.prixa.net

बिहारमा एउटा कार्यक्रममा मुख्यमन्त्री नीतीश कुमारलाई लक्षित गरी एक युवकले चप्पल फ्याँकेका छन् । 

पटना आयोजित जनता दल युनाइटेडले लोकनायक जयप्रकाश नारायणको जन्मजयन्तीका अवसरका आयोजना गरेको छात्र समागक कार्यक्रममा एक युवकले मुख्यमन्त्री कुमारमाथि चप्पल फ्याँकेका हुन् । 

चन्दन नामका ती युवकलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ती युवक मानसिक रुपमा विक्षिप्त रहेका छन् । 

पत्रकारहरुको प्रश्नमा ती युवकले मुख्यमन्त्री नीतीश कुमारको भेदभावपूर्ण नीति तथा व्यवहारको विरोध गर्दै आफूले चप्पल फ्याँकेको बताएका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया