सानिमा लाईफ इन्स्योरेन्सको एकैदिन तीन शाखा कार्यालय उद्घाटन

 असोज २६, २०७५ शुक्रबार ५:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्सले काठमाडौंको चुच्चेपाटी, कोटेश्वरको तीनकुने र सुन्धरामा तीनवटा शाखा स्थापना गरेको छ । बिहीबार एकैदिन तीनवटा शाखाको उद्घाटन भएको छ ।

कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तिका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिकस्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले राखेको छ ।

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैङ्क तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुको समुहद्धारा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन गरिएको छ ।

सम्भावित बीमितहरुको जीवन बीमा गराई समाजिक सुरक्षा प्रदान गर्दै, नागरिकमा बचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग, व्यवसाय रोजगारीको लागि विभिन्न देशमा रहेका उद्यमी, पेशाकर्मी तथा वैदेशिक रोजगारीमा लागेका व्यक्तिहरmलाई समेत यस कम्पनिको जीवन बीमा योजनामा आकर्षित गराउनेगरी कम्पनीले काम गर्दै आएको छ । 
 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया