प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले छैठाैं विकेट गुमाएकाे छ ।
खेलकाे १४ अाैं अाेभरकाे पहिलाे बलमा ललित राजवंशीले जनक प्रकाशलार्इ पेभेलियनकाे बाटाे देखाएका हुन् । उनले ३ बलकाे सामना गर्दै १ रनमात्र बनाएका थिए ।
यसअघि १३ अाै अाेभरकाे चाैथाे बलमा सन्दीप लामिछानेले सिंगापुरका मनप्रीत सिंहलार्इ व्यक्तिगत १० बिनाेद भण्डारीकाे हातबाट क्याच अाउट गराएका थिए ।
यसअघि वर्षाका कारण खेल केही समय रोकिएको थियाे ।
नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियाे ।
यतिखेर १५ अाेभरकाे समाप्तिमा सिंगापुर ६ विकेट गुमाउँदै ७६ रन बनाएर खेलिरहेकाे छ ।
बलिङतर्फ सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका छन् भने र वसन्त रेग्मी र ललित राजवंशीले समान १-१ विकेट लिएका छन् ।