भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
बलिउड चलचित्र निर्देशक साजिद खानले उनलाई लागेको यौन शोषणको आरोप बारेमा बोलेका छन् ।
खानले आफूलाई लागेको यौन शोषणको आरोपबाट मुक्त नभएसम्मका लागि हाल छायांकन भइरहेको फिल्म ‘हाउसफुल ४’ को निर्देशनको काम छोडेका छन् । यस कुराको जानकारी साजिदले आफुनो ट्विटर मार्फत दिएका छन् । उनीभन्दा पहिले अभिनेता अक्षय कुमारले यस फिल्मको छायांकन स्थगित गरेका थिए ।
उनले ट्वीटरमा लेखेका छन् ‘मलाई जुन आरोप लागिरहेका छन्, यसले मेरो परिवार, ‘हाउसफुल ४’ मा काम गर्ने कलाकार, निर्माताहरुलाई दवाव दिइँदैछ । यस कुराको म नैतिक जिम्मेवारी लिन्छु । तसर्थ म मलाई लागेका आरोपहरु साबित नभएसम्म निर्देशकको पदबाट बाहिरिएको छु ।’
उनले अगाडी लेखे, ‘म आफ्ना साथीभाई र मिडियाहरुसमक्ष अनुरोध गर्छु कि जबसम्म आरोपहरु सावित हुँदैनन तबसम्म तपाईंहरु कुनै पनि किसिमका अनुमान नलगाउनुहोला ।’
— Sajid Khan (@SimplySajidK) October 12, 2018
साजिद खानलाई उनकी असिस्टेन्ट डाइरेक्टर सलोनी चोपडाले शोषणको आरोप लगाएकी थिइन् ।
साजिद खानलाई उनकी असिस्टेन्ट डाइरेक्टर सलोनी चोपडाले यौन शोषणको आरोप लगाएकी छिन् । सलोनीले भनेकी छिन् कि सन् २०११ मा उनको अन्तरवार्ताका क्रममा साजिदले यौनसम्बन्धी कैयौं प्रश्नहरु गरेका थिए ।
जुन कुराले उनले निकै असहज महसुस गरेकी थिइन् ।
तर उनी चुप लागेकाले उनलाई असिस्टेन्ट डाइरेक्टरको रुपमा नियुक्त गरिएको थियो । त्यसको केही समयपछि साजिद जुनसुकै बेला उनलाई फोन गर्न थालेका थिए । सलोनीले साजिदलाई आरोप लगाउँदै भनेकी छिन् साजिद उनीसँग बिकिनी फोटोहरु माग्ने गर्दथे ।
साजिद जुनसुकै बेला उनलाई गलत तरिकाले कमेन्ट गरेर उनलाई निकै दुख दिने गरेकोसमेत चोपडाले बताएकी छिन् ।