ए डिभिजन लिग: मनाङले ब्रिगेड ब्वाइजलार्इ ३-१ ले हरायाे, लिग तिहारसम्म स्थगित

 असोज २६, २०७५ शुक्रबार १७:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दीले तीन अंक जोडेको छ ।

सातदोबाटोकाे एन्फा मैदानमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजविरुद्ध १ गोलले पछि परेको मनाङले उत्कृष्ट कमब्याक गर्दै ३–१ ले विजयी भयो ।

पहिलो हाफको २८औं मिनेटमा रजत तिवारीले गोल गरेका थिए । डी बक्स बाहिरबाट तिवारीले प्रहार गरेको बललाई मनाङका किपरले किलियर गर्न नसक्दा गोलमा परिणत भएको थियो । पहिलो हाफमा १ गोलले अग्रता लिएको ब्रिगेडले दोस्रा हाफमा भने त्यो अग्रता जोगाउन सकेन । दोस्रो हाफको शुरुमा मनाङले बराबरी गरेको थियो ।

मनाङका हेमन गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ५७औं मिनेटमा अफिज वलावाले गोल गर्दै मनाङलाई २–१ को अवस्थामा पुर्याएका थिए ।

सेकेण्ड हाफमा लय गुमाएको ब्रिगेडविरुद्ध वलावालेलेनै इन्जुरी समयमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । शुक्रबारको खेलसँगै ए डिभिजिन लिगको पहिलो चरणको खेल सकिएको छ ।

गत असोज १३ गतेबाट शुरु भएको ए डिभिजन लिग बंगबन्धु गोल्डकपका कारण कहिदिन स्थगित भएर असोज २४ गतेबाट पुनः शुरु भएको थियो । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया