अपडेट : नुवाकोट बस दुर्घटनामा तीनको मृत्यु, ५५ घाइते

 असोज २६, २०७५ शुक्रबार २०:६:३२ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान जानेको संख्या तीन पुगको छ ।

दुर्घटनामा परि घाइते हुनेको संख्या ५५ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुवाकोटका दुप्चेश्वर गाउँपालिकाको समुद्रटारबाट सदरमुकाम विदुरतर्फ आउँदै गरेको बा. १ ख ६३५६ नम्बरको बस शुक्रबार बिहान समुद्रटार–त्रिशूली सडक खण्डको सूर्यगढी गाउँपालिका–५, छेडिखोलामा दुर्घटना हुँदा पञ्चकन्या गाउँपालिका थप्रेककी ३२ वर्षीया मिनु तामाङ, पञ्चकन्या गाउँपालिका–४ का ५९ वर्षीया भगवान कंडेल र चितवन मुग्लिनका ५७ वर्षीया बलराम तिवारीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

तामाङ र तिवारीको घटनास्थलमै ज्यान गएको हो भने कंडेलको राजधानीको ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी २९ जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ ।

उनीहरुको ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अति गम्भीर ४ जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । गम्भीर घाइतेहरु ८ जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने मध्यम अवस्थाका २१ जना घाइतेहरुको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सामान्य घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेकोछ ।  पुरानो बस भएको कारण ‘मेकानिकल’ समस्याले दुर्घटना भएको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया