शाहरुख र सलमानजत्तिकै सुपरस्टार थिए गोविन्दा, ३ गल्तीले डुब्यो करियर

 असोज २६, २०७५ शुक्रबार २०:२६:८ | एजेन्सी

कुनै समय बलिउड अभिनेता गोविन्दा एक जमानामा कमेडी किङका नामले चिनिन्थे । उनी अभिनित फिल्म रिलिज भएसँगै कैयौँ दिनसम्म हलहरु हाउसफुल हुने गर्थे । तर आजभोलि गोविन्दाका फिल्म रिलिज त हुन्छन् तर व्यापार र समीक्षकको नजरमा भने पर्दैनन् । 

उनी अभिनित फिल्म ‘फ्राइडे’ आज रिलिज भएको छ । रिलिज हुनुअघि यस फिल्मको खासै चर्चा भएन । पछिल्लो केही वर्षदेखि बलिउडबाट गायब भएका गोविन्दाको करियर आखिर किन यसरी खस्कियो भन्नेबारेमा चर्चा गर्दैछौँ । 

समयलाई दिएनन् महत्व  

गोविन्दा फिल्मको सेटमा निकै ढिलोगरी उपस्थित हुने गर्दथे । उनी ढिला आउँदा फिल्मको सेटमा खटिएका कर्मचारी मात्रै नभई निर्देशक, निर्माता र अन्य कलाकारले पनि निकै दुःख झेल्नु पर्दथ्यो । गोविन्दालाई कैयौँ पटक सम्झाउँदा पनि उनी आफ्नै हिसाबले सेटमा आउने गर्दथे । तसर्थ फिल्म निर्माताहरु गोविन्दाको साथ काम गरेर पनि निकै निरास हुने गर्दथे । 

किङमेकरकै साथ गरे झगडा

गोविन्दा अभिनित जति पनि फिल्म सुपरहिट भएका थिए, तीमध्ये धेरै फिल्म निर्देशक डेविड धवनसँग काम गरेका थिए ।  डेविड धवन र गोविन्दाको जोडीलाई सुपर सक्सेस जोडी भनिन्थ्यो । तर गोविन्दाले तीनै डेविड धवनका साथ झगडा गरे । यसपछि यी दुवैको सम्बन्ध बिग्रियो । बिस्तारै डेविडले गोविन्दालाई काम दिन बन्द गरे । पछिल्लो समयमा डेविड आफ्नै छोरा वरुण धवनलाई लिएर फिल्म बनाइरहेका छन् भने गोविन्दा उनको नजरमा परेका छैनन् । 

फिटनेसमा ध्यान दिएनन्

अहिलेको समयमा बलिउडका कलाकारहरु फिटनेसमा मात्रै ध्यान दिँदैनन् । उनीहरु फिल्मको भूमिका अनुरुप आफ्नो शरीरलाई ढाल्छन । तर गोविन्दाले उनको फिटनेसमा कहिल्यै ध्यान दिएनन् । समयअनुसार उनको शरीर बिग्रँदै गयो । जसले उनको चार्ममा पनि कमी आयो । यही कारण फिल्म निर्देशक तथा निर्माता गोविन्दालाई फिल्ममा साइन गर्न हिच्किचाउन थाले ।  


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया