ललितपुरमा भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण
बैशाख ७, २०८१ शुक्रबार
गएकाे हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परि चार तालेबान कमाण्डर मारिएका छन् ।
फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद जिल्लामा भएको हवाई कारवाहीमा परि तालेबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
मुल्लाहले कम्तीमा तीन सय हत्या र आक्रमण गरेका टोलो समाचार समितिले जानकारी दिएको छ । मुल्लाहबाहेक मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस् र मुल्लाह अब्दुल सलिम नाम गरेका तालिबान कमाण्डरहरु मारिएका सलाङ्गीले बताउनु भएको छ ।
गत हप्ता फराह प्रान्तको विभिन्न भागमा भएको हवाई कारवाहीमा परि कम्तीमा ३० आतङ्ककारी मारिएका पनि उहाँले थप जानकारी दिनुभएको छ । तर तालेबान आतङ्ककारी समूहले भने आफ्ना सदस्य मारिएको समाचारको खण्डन गरेका छन् ।
साथै कान्दाहार प्रान्तको मरिफ जिल्लामा भएको एक हवाई कारवाहीका क्रममा चारजना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ । यस आक्रमणका क्रममा अन्य आठ घाइते भएका पनि बताइएको छ ।