मेला हेर्न गएकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या, २ अाराेपी पक्राउ

 असोज २७, २०७५ शनिबार २०:१४:३२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना सेलाउन नपाउँदै धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

धनुषाको औरही गाउँपालिका-२ का राम अशिष यादवकी १० वर्षकी छोरी मनिता कुमारी यादवकाे शुक्रबार राति बलात्कार पश्चत हत्या भएको बताइएकाे छ ।

बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिका मनिताको शव शनिबार दिउँसो घरबाट झण्डै १ किलोमिटर टाढा धान खेतमा फेला परेको हो । राति ९ बजे खाना खाएर मेला हेर्न गएकी बालिका बिहानसम्म घर नफर्केपछि परिवारजनले खोजी गर्नुको साथै ईलाका प्रहरी कार्यालय औरहीमा समेत जानकारी गराएको थियो ।

बालिकाको शव शनिबार घरबाट एक किलोमिटर टाढा धानको खेतमा फेला परेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।  

बालिकाको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार नै दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाँउपालिका-५, का ३२ वर्षका बिनोद मुखिया र औरही गाउँपालिका-३, पर्वाहाका ३० वर्षीय नथुनि पण्डित रहेकाे उपरीक्षक थपलियाले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैजनालो आफूहरुले नै सामुहिक बलात्कार गरेर बालिकाको हत्या गरेको स्वीकारेको उपरीक्षक थपलियाकाे भनाई छ ।  

पक्राउ परेको दुवैजनामाथि थप अनुसान्धान भइरहेको  उपरीक्षक थपलियाले बताउनुभयो ।  

 

 

अन्तिम अपडेट: चैत १३, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

9 Comments

  • Jay Dhami

    Oct. 14, 2018, 6:53 a.m.

    नारीलाई लक्ष्मीको रूपमा पुज्ने हाम्रो देशमा नारी नै बलात्कार हुन्छन्, अनि हाम्रो देश कहाँबाट अगाडि पुग्छ ? अब त अति भो बलात्कारीलाई कडा भन्दा कडा सजाय दिनुपर्यो /

  •  0 Reply
  • तुलक्षा शाहि

    Oct. 14, 2018, 1:41 a.m.

    यसरी दिन प्रति दिन बलात्कार भइरहदा नि नेपाल प्रहरीले आँखा बन्द गरेको छ, त्यस्ता बलात्कारगर्ने लाइ नि मृत्यदन्ड सजाय दिनू पर्छ/

  •  0 Reply
  • राज कुमार पुन

    Oct. 14, 2018, 12:37 a.m.

    नेपालमा भैरहेको अथाह बलात्कार र हत्याको उन्मुलन / अन्त गर्नको लागि मदिरा बन्द गरौं / मुख्य जड भनेको जांड र रक्सी ले नै हो / ९५% द्वन्द निम्ताएको मदिरा बेचबिखन बन्द गर सरकार !

  •  0 Reply
  • Lila Nath Pageni

    Oct. 13, 2018, 10:16 p.m.

    तिनीहरु दुइटा कै लिङ्ग काटेर कुकुर लाई दिनुपर्यो सरकार ।

  •  0 Reply
  • प्रेम नारायन सिह

    Oct. 13, 2018, 10:09 p.m.

    यस्तो घटना सुन्दा हामीलाई एकदम नराम्रो लाग्छ, बलात्कार गर्नेलाई कडा भन्दा कडा सजायँ दिनुपर्छ , ताकी कसैले पनि नगरोस /

  •  0 Reply
  • Ram

    Oct. 13, 2018, 10:01 p.m.

    हत्यारालाई मृत्युदण्डको सजायँ दिनुपर्छ , अनि बल्ल मात्र भविष्यमा कसैले त्यस्तो काम गर्ने साहस गर्दैन /

  •  0 Reply
  • Jay Kishor

    Oct. 13, 2018, 9:26 p.m.

    Just kill these basterd rapists No one is secure

  •  0 Reply
  • Mahabir oli from canada

    Oct. 13, 2018, 9:08 p.m.

    बाम सरकारले के हेरेर बसेको छ , यदि सक्दैन बने छोडेर घरमा बसे हुन्छ , हामी जस्ता युवाहरुलाई चलाउन दिनुपर्छ र सांचिकै नेपाल संसार कै पहिलो देश हुन्छ /

  •  0 Reply
  • Diwakar

    Oct. 13, 2018, 9:06 p.m.

    होइन यो कन्चनपुरमा मात्र किन यस्ता घटनाहरु हुन्छन / अनि किन यहिँको प्रहरी प्रशासनले नियन्त्रण गर्न सक्दैनन ? अनि अर्को कुरा त्यहाँ किन परिवार आफ्नो बच्चाको ख्याल गर्दैनन /हरेक दिन हुने यस्ता घटनावाट अलि सचेत हुनपर्यो सबैजना /छोरीचेलीलाई एक्लै रातभर बस्न दिनु भएन / समाजमा कुकर्म गर्ने कुख्यात कुकुरहरुवाट बचाउ /

  •  0 Reply

तपाईको प्रतिक्रिया