अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रवेशद्वारबाट संजय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई रिहाईको माग गर्दै तीनजना मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ।
प्रवेशद्वारमै सुरक्षाकर्मीले के काम विशेषको बारेमा ज्ञापनपत्र बुझाउन आएको भनेर सोधेपछि उनीहरुले आफूहरु सीके राउतको स्वतन्त्र मधेश गठबन्धनको समर्थक रहेको बताएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाको बारेमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।