कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
सुर्खेत – जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा छाप्रा (घर) बनाउन भ्याइ नभ्याई छ । महिला पुरुष दुवै छाप्रा बनाउनमा व्यस्त छन् । केटाकेटीहरु घर पोत्नमा ब्यस्त देखिन्छन् । कोही दसैंका लागि भनेर कुभिन्डो, काँक्रा काटेर सुकाउँदै छन् ।
एक साता अघि मात्र दैलेखको गुराँस गाउँपालिकाबाट बसाई सरेर सुर्खेतको लेकवेशी नगरपालिका ९ साटाखानीको गंगटेमा आएका राउटेहरुलाई पनि दसैंले छोएको छ । राउटे समुदायका धनिराम शाहीलाई पनि घर (छाप्रा) बनाउन भ्याइनभ्याई छ । ‘दसैं आउन थालिसक्यो । घर बनाउँदैछौँ । काममा धेरै ब्यस्त छौँ’ धनिराम शाहीले भन्नुभयो, ‘भर्खर मात्र बस्ती सरेर आएको काम धेरै छ ।’
कर्णाली प्रदेशका विभिन्न ठाउँहरुमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय दसैं मनाउने तयारीमा छन् । ‘तिमीले जसरी दसैं मनाउछौँ हामी पनि त्यसै गरी दसैं मनाउँछौँ । टिका जमरा लगाउँछाैँ ‘उहाँले भन्नुभयो, ‘बली दिन्छौँ । सबैको घरमा बाख्राको व्यवस्थापन गरेका छौँ ।’
सबैको घरमा दसैंका लागि भनेर एक/एक वटा बाख्रा छन् । प्रत्येकका घरमा जाडरक्सी पनि आफैँले बनाएर राखेका छन् । सरकारले दसैं नजिकै सामाजिक सुरक्षा भत्तावापत प्रतिव्यक्ति दुई हजार वितरण गरेको छ । गुराँस गाउँपालिकाले दुईचार दिन अघि गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
सामाजिक सुरक्षा भत्ता पाएपछि दसैंका लागि आवश्यक समाग्री जुटाउने तयारीमा राउटेहरु जुटेका छन् । अब यसै पैसाले चामल, चिनी, तेल किनेर ल्याउने बताउनुहुन्छ राउटे प्रकाश शाही । ‘अब यो पैसाले चामल किन्छौँ । तरकारी, तेल किन्छाँै’ उहाँले भन्नुभयो, ‘हामीले पनि दसैंको समयमा रमाइलो गर्छौँ ।’ विभिन्न संस्थाहरुले राउटेहरुलाई बाख्रा दिएका छन् ।
राउटे समुदायले बंगुर, सुंगुर भने खादैनन् । पहिले जंगलमा गुना बाँदर सिकार गर्दै आएका राउटे समुदायहरु अहिले सरकारले परिचय पत्र दिएकाले शिकार नमरेको बताउँछन् । ‘हामीले अरु जातिले जस्तो बंगुर, सँगुर काट्दैनौँ । ‘दसैंमा बाख्रा काट्छौँ । मेरो घरमा एउटा बाख्रा छ । मैनबहादुर शाहीले भन्नुभयो, ‘बली नकाटे त कसरी दसैं भयो त ।’
दसैं खर्चका लागि राउटे मुखिया हरिबहादुर शाहीको नेतेत्वमा गएको टोली काठमाडौं पुगेर फर्किसकेको छ । ‘तेल चिनी चामल किनेर ल्याउँछौँ’ राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, ‘यसरी रमाइलो नगरी कसरी दसैं मनाउँने । दसैं रमाइलो बनाउन पैसा चाहिने रहेछ ।’
काठको काम गरेर जीवन निर्वाह गर्दै आइरहेका राउटेहरु पछिल्लो समय वनमा काठ पाउन छाडेपछि जीवन धान्नका लागि अरुकै भरमा छन् । अहिले गंगटेमा ४२ घर छन् । त्यहाँ एक सय ४८ जना राउटे बस्दै आइरहेका छन् ।