पाल्पामा टी ट्वान्टी च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिता हुँदै

 असोज २९, २०७५ सोमबार ८:३९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – तानसेन ९ दमकडामा पाल्पा टी–ट्वान्टी च्याम्पीयन्स लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । 

स्थानीय स्तरमा लुकेर रहेका खेलाडीको प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक दमकडा क्रिकेट क्लबका अध्यक्ष विक्रम थापाले जानकारी दिनुभयो । यही कात्तिक ४ गतेदेखि सुरु हुने प्रतियोगितामा ८ टिम सहभागि हुने भएका छन् ।  

प्रतियोगिता प्रथम हुने टिमलाई ६० हजार ट्रफि मेडल र प्रमाणपत्र , द्वीतीय हुने टिमलाई ३० हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिने दककडा क्रकेट क्लबका कार्यसमिति सदस्य अच्युत पाण्डेले बताउनुभयो ।

प्रतियोगितामा निष्पक्ष खेल्ने टिम, म्यान अफ द म्याच ,म्यान अफ द सिरीज , वेष्ट क्याच, उत्कृष्ट युवा खेलाडीलाई ट्रफि मेडल र प्रमाणपत्रसहित सम्मान गर्ने जनाएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया