प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
ललितपुर – नेपाल मेडिसिटी अस्पताल र उनो इन्टरनेट भेन्चरबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र उनो इन्टरनेट भेन्चरका निर्देशक रेवन्त सिंहले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपालभरि नै प्रयोग गर्न सकिने उनो कार्ड प्रस्तुत गरी अस्पतालमा उपचारका लागि आउने बिरामीले विशेष सहुलियत प्राप्त गर्न सक्ने भएका छन् ।
प्रविधि, पूर्वाधार तथा उत्कृष्ट जनशक्ति सहितको अस्पताल भएकाले नेपाल मेडिसिटीले प्रविधिमैत्री प्रणालीसँग सहकार्य गर्न जरुरी रहेको धारणा अस्पतालका महाप्रबन्धक विजय रिमालले व्यक्त गर्नुभयो । बिरामीहरुले स्वत स्फूर्त रुपमै आफ्ना समस्याहरुको बारेमा जानकारी लिई निदान बारे अनुसन्धान गरी अस्पतालसम्म आइपुग्ने अवस्थामा उनो कार्डले थप मद्धत गर्ने उहाँले बताउनुभयो ।
उनो इन्टरनेट भेन्चरका निर्देशक रेवन्त सिंहले आजको डिजिटल युगमा विभिन्न संघ संस्थासँगको सहकार्य अनिवार्य रहेको र त्यसमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण स्थान लिने बताउनुभयो ।