एपिजे अब्दुल कलामका दश भनाई जसले तपार्इंकाे जिन्दगी बदल्न सक्छ

 असोज २९, २०७५ सोमबार १३:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

आज भारतका एघारौं राष्ट्रपति तथा बैज्ञानिक एपिजे अब्दुल कलामको जन्मदिन हो । कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुकोे रामेश्वरममा भएको थियो । 

भारतका एघारौं राष्ट्रपति पनि भएका कलामलाई ‘मिसाइलम्यान’ पनि भनिन्छ । उहाँको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो । 

बालकदेखि युवाहरुको माझमा प्रेरणाका स्रोत बनेर रहेका कलामका केही मननीय भनाइहरु छन् । जसलाई आत्मसात गर्नसके जीवनमा सफलता मिल्न सक्छ ।  
- सबै चराहरुले बर्षातमा छहारीको खोजी गर्छन् । तर गरुडले त्यसको पर्वाह गर्दैन । किनकी गरुड बादलभन्दा माथि उड्छ ।

- जीवनमा पहिलो सफलतापछि रोकिनु हुँदैन । किनकी यदि तपाई अर्को प्रयासमा असफल हुनुभयो भने दुनियाँले तपाईको पहिलो सफलताको कारण तपार्इंको भाग्यलाई ठान्नेछ, क्षमतालाई होइन ।  

-असफलताले मलाई कहिल्यै पनि पछाडि पार्न सक्दैन, किनकी मेरो सफलताको परिभाषा एकदमै बलियो छ ।

- यदि तपाईं सूर्यझैं चम्किन चाहनुहुन्छ भने तपाईं पनि सूर्यजस्तै जल्नुपर्ने हुन्छ ।

- आकाशतिर हेर्नुुस्, हामी एक्लो छैनौं । पूरा ब्रह्माण्ड हाम्रो लागि अनुकूल छ । जो सपना देख्छन् र मेहनत गर्छन् उनीहरुले सोचेजस्तै प्रतिफल पाउने पक्का हुन्छ ।

- सपना त्यो होइन, जुन निदाएको बेला देखिन्छ । सपना त त्यो हो जसले निदाउन दिँदैन ।

- एउटा राम्रो किताब हज्जारौं साथी समान हुन्छ । जबकी एउटा असल साथी पूरै पुस्तकालय बराबर हुन्छ ।

- जीवनमा समस्याहरु हामीलाई बर्बाद गर्नको लागि आउँदैनन् । यिनीहरुले हामीभित्र लुकेर रहेको सामथ्र्यलाई बाहिर निकाल्न हामीलाई मद्दत गर्छन् ।

- समस्यालाई थाहा हुन दिनुुस् कि तपाई समस्याभन्दा पनि बलियो हुनुहुन्छ ।

- देशको सबैभन्दा तीक्ष्ण दिमाग कक्षाकोठाको अन्तिम बेन्चमा भेटिन सक्छ ।

- तपाईंको सपना पूरा हुनका लागि तपाईंले सपना देख्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

3 Comments

  • Nama

    Oct. 17, 2018, 12:57 p.m.

    Good speech.

  •  0 Reply
  • Rabindra sahani

    Oct. 15, 2018, 6 p.m.

    Really... यो भनाईले मेरो दिललाई छोयो /

  •  0 Reply
  • पवन पौडेल

    Oct. 15, 2018, 3:59 p.m.

    एकदमै राम्रो !!

  •  0 Reply

तपाईको प्रतिक्रिया