स्थानीय पर्यटन प्रवर्द्धनका लागि कुम्मायक गोल्डकप हुने

 असोज २९, २०७५ सोमबार १७:२०:११ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – स्थानीयस्तरको पर्यटन प्रवद्र्धनको लागि पाँचथरको कुम्मायकमा कुम्मायक गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । 

स्थानीय कुम्मायक–४ मा रहेको पृथ्वी माविको खेल मैदानमा आउँदो कार्तिक ९ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । 

प्रतियोगितामा पाँचथर जिल्लाका एक नगरपालिका र सातवटा गाउँपालिका गरि आठ टिमले सहभागिता जनाउने आयोजक कुम्मायक स्र्पाेटिङ क्लबले सोमबार फिदिममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । 

करेण्ट चाउचाउको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजारसहित ट्रफि र दोस्रो हुने टिमले नगद ५५ हजार सहित ट्रफि पाउने आयोजकले जनाएको छ । 

यस्तै विधागततर्फ बेष्ट किपर, सर्वाधिक गोलकर्ता, राइजिङ स्टारलाई जनही ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद १० हजार दिइनेछ । 

प्रतियोगिताबाट यस क्षेत्रमा रहेको पूर्वको धार्मिक आस्थाको धरोहर कुम्मायक–कुसायक मन्दिर क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रमा विकास गर्न थप टेवा पुग्ने आयोजकको अपेक्षा छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया