खसीबजारमा खसी र च्याङग्रा (फोटो फिचर)

 असोज ३०, २०७५ मंगलबार ७:०:४ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाडाैं - दसैँको मुख्य दिन सुरु भएसँगै बजारमा खसीबोका, भेडाच्याङग्रा तथा हाँसकुखुराको व्यापार बढेको छ ।

काठमाडौंको कलंकी लगायतका शहरमा घटस्थापनादेखि नै खसीबोकाको व्यापार सुरु भएको हो ।

तर भोलि अष्टमी र नवमीमा धेरै बली दिने चलन भएकाले मंगलबारदेखि व्यापार झनै बढ्ने गर्छ ।

अन्य ठाउँमा भन्दा कलंकीमा खसीबोका, भेडाच्याङग्रा तथा हाँसकुखुराको व्यापार धेरै हुन्छ ।

जिउँदो खसीको मूल्य ५ सय ५० र च्याङग्राको ७ सय ५० रुपैयाँ तोकिएको छ ।

खाद्य संस्थानले भने खसीको ५ सय र च्याङग्राको ७ सय रुपैयाँ बिक्रि गरेको छ ।

तर खाद्यले सीमित मात्रामा खसी तथा च्याङग्रा ल्याएकाले निजी क्षेत्रका व्यापारीबाटै किन्नुपर्ने बाध्यता छ ।

तस्बिर : सन्जिता देवकोटा

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया