अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा क्रोयसिया र अष्ट्रेलियाकाे जित

 असोज ३०, २०७५ मंगलबार ७:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा क्रोयसियाले जोर्डनलाई पराजित गर्दा अष्ट्रेलियाले कुवेतलाई चार शुन्यको अन्तरले हराएको छ ।

फिफाको क्यालेन्डर अन्तर्गत भएको मैत्रीपुर्ण खेलमा विश्वकप उपविजेता क्रोयसियाले जोर्डनलाई दुई एक गोलले पराजित गर्यो ।

२४ औं मिनेटमा डोमागोज भिडाको गोल मार्फत क्रोयसियाले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले अगाडी रहेको क्रोयसियाले ६२ औं मिनेटमा मित्रोभिचको गोल मार्फत अन्तर दुई शुन्यमा पुर्यायो ।

तर ७३ औं मिनेटमा बाहा फैसलले गोल गर्दै अन्तर कम गरेपनि टिमलाई हारबाट बचाउन सकेनन ।

यस्तै अर्को खेलमा अष्ट्रेलियाले कुवेतलाई चार शुन्यले हरायो भने साउदी अरेबिया र इराकले एक एक गोलको बराबरी खेले ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया