अपशब्द बाेलेपछि म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हाे कारवाहीमा

 असोज ३०, २०७५ मंगलबार १९:२१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली फुटबल महासंघ युइएफएले म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई कारवाही गरेको छ ।

न्यूक्यासल युनाइटेडविरुद्धको खेलमा टेलिभिजन क्यामराको अगाडि अपशब्द बोलेको भन्दै युइएफएले उनलाई कारवाही गरेको हो । खेलमा २–० ले पछि परेको अवस्थामा युनाइटेडले ३–२ को जित हात पारेको थियो ।

लिप रिडर प्रविधि प्रयोग गरेपछि क्यामरामा उनले अपशब्द बोलेको प्रमाणित भएको थियो । कारवाही विरुद्ध अपिल गर्नका लागि उनलाई ७२ घण्टाको समय दिइएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया