म्यानचेष्टर सिटीका कप्तान भिनसेन्ट कम्पनीका बुवा मेयरमा निर्वाचित

 असोज ३१, २०७५ बुधबार १०:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब म्यानचेष्टर सिटीका कप्तान भिनसेन्ट कम्पनीका बुवा मेयरमा निर्वाचित भएका छन् । 

बेल्जियम इतिहासकै पहिलो निर्वाचित ‘कालो’ मेयर भएकोमा कम्पनीले भिडियो सन्देशमार्फत आफ्ना बुवालाई बधाई दिएका छन् । ७१ वर्षे पिएरे कम्पनी सन् १९७५ मा कंगोबाट शरणार्थीका रुपमा बेल्जियम आएका थिए ।

राजधानी ब्रसेल्सको उत्तर–पश्चिममा रहेकाे ग्यानसोरेन नगरपालिकामा कम्पनीले २८.३८ प्रतिशत मत प्राप्त गर्दै विजयी भएका हुन् ।

जितपछि कम्पनीले भने, ‘उनी ब्रसेल्सको पहिलो अश्वेत मेयर हुन् । यो ऐतिहासिक क्षण हो । हामी सबै खुसी छौं । बधाई छ मेरो बुवा ।’

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया