प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि यो सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् । विहीबार राति परेको पानीले पहिरो खसेको हो । सडक अवरुद्ध भएपछि यो सडकखण्ड भएर आवत–जावत गर्ने यात्रु समस्यामा परेका छन् ।
पाल्पा, गुल्मि र बुटवलका लागि छुटेका यात्रु बढी समस्यामा परेका छन् । अहिले डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।